रोल्पा । रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । थप २ जना घाइते भएका छन् । रोल्पाको थबाङ गाउँपालिका(५ बोटलबारामा बेलुकी साढे आठ बजे घरमाथिबाट पहिरो झरेको हो ।
पहिरोमा मृत्यु हुनेमा थबाङ गाउँपालिका(५ बस्ने वर्ष ६० का कमलबहादुर पुन मगर र वर्ष १८ की शान्ती पुन मगर रहेका छन् । २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् ।
सो पहिरोले सोही ठाउँ बस्ने कमलबहादुर पुन मगर र अन्य ६ वटा घर गोठ पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी प्राथमिक उपचार भइरहेको छ ।
उनीहरू थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको जनाइएको छ । घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य व्यक्ति पनि पहिरोले पुरिएको हुन सक्ने भन्दै स्थानीयले खोजी कार्य अघि बढाएका छन् ।