कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सभापति गगनकुमार थापाको सभापतित्वमा यही साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय ललितपुरमा जारी बैठकमा बुधबार २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । छलफल जारी रहेकाले बैठक आज पुनः बस्नेछ ।

    बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले अर्थतन्त्र सुधारका लागि सरकारले चाल्ने सकारात्मक कदममा पार्टीको सहयोग रहने बताए । उनले देशको आर्थिक विकास, उत्पादन, राजस्व सङ्कलन र रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

    निजी क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई कमजोर बनाउन नहुने कांग्रेसको धारणा छ । पार्टीले निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था सुधार गर्नुपर्नेमा पनि जोड दिएको छ । कांग्रेसले लगानीकर्ताको मनोबल बढाउन, पुँजी पलायन रोक्न तथा स्वदेशी र विदेशी लगानी आकर्षित गर्न सरकारले स्पष्ट र दीर्घकालीन आर्थिक नीति ल्याउनुपर्ने माग गरेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij