विद्युत्‌गृह पहिरोले पुर्दा एक बेपत्ता, अर्का एक घाईते

विद्युत्‌गृह पहिरोले पुर्दा एक बेपत्ता, अर्का एक घाईते

मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • विद्युत्‌गृह पहिरोले पुर्दा एक बेपत्ता, अर्का एक घाईते

    म्याग्दी । म्याग्दीको एउटा जलविद्युत् आयोजनाको विद्युत्‌गृह आज बिहान पहिरोले पुर्दा एकजना बेपत्ता भएका छन् । अर्का एक घाइते भएका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्‌गृह आज बिहान पहिरोले पुरेको थियो ।  

    विद्युत्‌गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल पहिरोमा पुरिएर बेपत्ता भएका छन् । सोहि पहिरोमा परेका गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

    प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको छ ।  

    माथिल्लो भागको पहाडबाट ढुंगासहितको सुक्खा पहिरो खसेर विद्युत्‌गृह पुरिएको थियो । पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्‌गृहका उपकरणमा ठुलो क्षति पुगेको र उत्पादन बन्द भएको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij