सरकार र मृतक मेहताका परिवारबीच ७ बुँदे सहमति, सेनाको हेलिकप्टरबाट शव आज  सुनसरी लगिने

सरकार र मृतक मेहताका परिवारबीच ७ बुँदे सहमति, सेनाको हेलिकप्टरबाट शव आज  सुनसरी लगिने

मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • सरकार र मृतक मेहताका परिवारबीच ७ बुँदे सहमति, सेनाको हेलिकप्टरबाट शव आज  सुनसरी लगिने

    काठमाडौं  । सुनसरीको कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ। मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच सोमबारराति सहमति भएको हो ।सहमतिअनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया सरकारले तत्काल अघि बढाउने भएको छ।

    कप्तानगन्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तत्काल अघि बढाउने सहमतिमा उल्लेख छ। यस्तै देवानगञ्ज(३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ।

    मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन सरकारले आवश्यक पहल गर्ने भएको छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ।

    त्यसै गरी सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार देवानगञ्ज गाउँपालिका(३ सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाहसंस्कार गर्ने सहमति गरेको गृह मन्त्रालयले जनाएको छ। घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij