काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड सदस्यमा दुईजना नियुक्त भएका छन् । परिषदका अनुसार, भलिबलकी पूर्व खेलाडी ललिता नाथ र एथ्लेटिक्सका धनीराम चौधरी नियुक्त राखेपको सदस्यमा नियुक्त भएका हुन्।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सोमवार नियुक्ति पत्र प्रदान गरेका थिए । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा २ को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा उनीहरूलाई मनोनयन गरिएको जनाइएको छ। दुवै सदस्यको कार्यकाल चार वर्षको हुनेछ।