अवदेखि कक्षा ५ सम्म कुनै पनि प्रकारको परीक्षा लिन नपाइने

अवदेखि कक्षा ५ सम्म कुनै पनि प्रकारको परीक्षा लिन नपाइने

सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • अवदेखि कक्षा ५ सम्म कुनै पनि प्रकारको परीक्षा लिन नपाइने

    काठमाडौं । सरकारले देशभरका विद्यालयहरूलाई कक्षा ५ सम्म कुनै पनि प्रकारको आन्तरिक वा त्रैमासिक परीक्षा नलिन निर्देशन दिइएको छ। सरकारको पछिल्लो निर्णय कार्यान्वयन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूले बालबालिकामा हुने मनोवैज्ञानिक दबाब अन्त्य गर्न परीक्षा प्रणाली बन्द गर्न सूचना गरेका हुन् । 

    मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ को बुँदा नम्बर ८९ अनुसार यो व्यवस्था लागू गरिएको पत्रमा उल्लेख छ । नयाँ व्यवस्था अनुसार आगामी शैक्षिक सत्रदेखि आधारभूत तह ९कक्षा १–५० मा लिइने परम्परागत आन्तरिक परीक्षाहरू सञ्चालन नहुने भएका छन् । 

    कतिपय विद्यालयहरूले अझै पनि पुरानै शैलीमा त्रैमासिक परीक्षामार्फत मूल्यांकन गरिरहेको पाइएपछि लिखित निर्देशन दिइएको शिक्षा मन्त्रालयले जनाएको छ । सूचना अनुसार, अबदेखि विद्यालयहरूले ‘विद्यार्थी मूल्यांकन मार्गदर्शन २०८३’ बमोजिम विभिन्न सूचक र मापदण्डका आधारमा विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ । 

    विद्यार्थीको सिकाइ उपलब्धिलाई परीक्षाको अंकमा मात्र नहेरी उनीहरूको व्यवहार, सिर्जनशीलता र निरन्तर मूल्यांकनका आधारमा मापन गरिने सूचनामा उल्लेख छ। एकाइले मूल्यांकनका सम्भाव्य तरिका र साधनहरू समेत विद्यालयलाई उपलब्ध गराएको छ । स्थानीय तहहरूलाई समेत यो निर्णय कार्यान्वयनमा सहयोग र सहजीकरण गरिदिन भनिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij