काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने नेपालको एकदिवसीय टीमको नयाँ कप्तान नियुक्न भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान० ले आगामि अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो।
सन्दीपसँगै क्यानले १४ सदस्यीय टोली पनि घोषणा गरेको छ। जसमा सन्दीप लामिछाने ९कप्तान० आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा रहेका छन् । त्यसैगरी शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी टिममा परेका छन्।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ। समूहको दोस्रो खेलमा सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ मा हङकङसँग खेल्नेछ।समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको शीर्ष तीन टोली सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा छनोट हुनेछ।