हैदरावादमा उत्कृष्ट अभिनय गर्ने कलाकारलाई चाँगुनारायण–३ झौखेलद्वारा सम्मान

हैदरावादमा उत्कृष्ट अभिनय गर्ने कलाकारलाई चाँगुनारायण–३ झौखेलद्वारा सम्मान

सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • हैदरावादमा उत्कृष्ट अभिनय गर्ने कलाकारलाई चाँगुनारायण–३ झौखेलद्वारा सम्मान

    भक्तपुर । भारतको हैदरावादमा आयोजित अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा उत्कृष्ट अभिनय तथा सशक्त मञ्चनमार्फत नेपालको प्रतिनिधित्व गरेका बाल कलाकारहरूलाई चाँगुनारायण नगरपालिका–३ झौखेलले सम्मान गरेको छ ।

    तेलङ्गाना सरकारको भाषा तथा संस्कृति विभागको आयोजनामा भएको दोस्रो अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा भक्तपुरस्थित फुल ब्राइट स्कुलका विद्यार्थीहरूले नेपालका तर्फबाट सहभागिता जनाएका थिए । महोत्सवमा प्रभाकर न्यौपानेद्वारा लिखित तथा निर्देशित ‘नरवली’ नाटक प्रस्तुत गरिएको थियो । उत्कृष्ट अभिनय र प्रभावकारी मञ्चनमार्फत सहभागी कलाकारहरूले नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न सफल भएको भन्दै वडा कार्यालयले सम्मान गरेको हो ।

    कलाकार सम्मान कार्यक्रम वडा सदस्य रमा थापाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य सुष्मा सुनुवारले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा नाटकमा सहभागी फुल ब्राइट स्कुल कक्षा १० की विद्यार्थी सायना खतिवडाले नाटकमार्फत आफूहरूले नयाँ–नयाँ कुरा सिक्ने अवसर पाएको बताइन् ।

    ea807690-0077-491b-a370-3258cb7d6a50.jfif

    त्यस्तै, चाँगुनारायण नगरपालिका–३ का ज्येष्ठ नागरिक मञ्चका संयोजक मधुसूदन न्यौपाने, साहित्यकार रामशरण न्यौपाने तथा ‘नरवली’का लेखक तथा निर्देशक प्रभाकर न्यौपानेले बालबालिकाको अन्तर्राष्ट्रिय सहभागिता र उपलब्धिले स्थानीय समुदायलाई गौरवान्वित बनाएको बताए । कार्यक्रममा वडा अध्यक्ष श्यामसुन्दर धिमालले नेपालका तर्फबाट भक्तपुरको फुल ब्राइट स्कुलका विद्यार्थीहरू अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा सहभागी हुनु गौरवको विषय भएको बताए । उनले उत्कृष्ट प्रस्तुति दिँदै नेपालकै नाम राख्न विद्यार्थीहरू सफल भएको उल्लेख गरे ।

    फुल ब्राइट स्कुलका विद्यार्थीहरूले यसअघि पनि अन्तर्राष्ट्रिय बाल नाटक प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरिसकेका छन् । करिब दुई वर्षअघि आयोजित ‘कुमारीको घर’ नाटकमा ४० देशका विद्यार्थी सहभागी भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा फुल ब्राइट स्कुलको टोलीले उत्कृष्ट स्थान हासिल गरेको थियो । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक एलिना दाहालले विद्यालयले हासिल गरेका सफलतामा वडा कार्यालयले खुसी व्यक्त गर्दै सम्मान र प्रोत्साहन गर्नुले विद्यार्थी तथा विद्यालय परिवारलाई थप हौसला मिलेको बताइन् ।

    c025433f-bf49-4f29-bcb9-21464aff2b86.jfif

    वडा सचिव प्रेम तुलसीले विदेशी भूमिमा पुगेर उत्कृष्ट नाटक प्रदर्शन गरी फर्किएका बाल कलाकारहरूको हौसला बढाउन सम्मान कार्यक्रम आयोजना गरिएको बताए । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रस्तुति दिएका विद्यार्थीहरूको प्रतिभालाई प्रोत्साहन गर्नुका साथै आगामी दिनमा कला तथा रंगमञ्चका क्षेत्रमा थप सक्रिय हुन प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij