मुलुकका केही स्थानमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना

मुलुकका केही स्थानमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना

सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • मुलुकका केही स्थानमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना

    काठमाडौं । मुलुकका केही स्थानमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना छ । दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षाको पूर्वानुमान छ । विभाले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमवर्षारहिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । विहान केहीबेर रोकिएपनि उपत्यकामा दिउँसो फेरि पानी पर्ने सम्भावना छ । 
    कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij