बालेन प्रधानमन्त्री बनेपछि लामिछाने दोस्रोपटक बालुवाटारमा, के भयाे कुराकानी ?

बालेन प्रधानमन्त्री बनेपछि लामिछाने दोस्रोपटक बालुवाटारमा, के भयाे कुराकानी ?

सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • बालेन प्रधानमन्त्री बनेपछि लामिछाने दोस्रोपटक बालुवाटारमा, के भयाे कुराकानी ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० बीच भेटवार्ता भएको छ । दुई बीच आइतबारसाँझ बालुवाटारमा  भेटवार्ता भएको हो । भेटवार्ताका लागि आइतबार साँझ रवि दोस्रोपटक बालुवाटार पुगेका थिए ।  

    प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच करि ५० मिनेट भेटघाट भएको रविनिकट स्रोतले जनाएको छ । भेटमा समसामयिक राजनीतिक लगायतका विषयमा छलफल भएको थियो । त्यसैगरी, सरकारका आगामी कदमहरू, रविको चीन भम्रण लगायतका विषयमासमेत छलफल भएको बताइएको  छ । 


    संसदमा सत्तारूढ दलकै सांसदहरूले सरकारको आलोचना गर्न थालेपछि सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीबीच दुरी बढीको अडकलवाजी भइरहेको छ । त्यहि वेला प्रधानमन्त्री बालेन्द्र शाहले एक्लो महसुस गरेको स्टाटस सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यसै पृष्ठभुमिमा पार्टी सभापति र प्रधानमन्त्रीबीचमा भएको  भेटले दुरी कम गर्न विश्वास लिइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij