कपिलवस्तु । कपिलवस्तुबाट प्रहरीले पेस्तोलसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट प्रहरीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन् ।
कृष्णनगरको बहादुरगन्जका स्थानीयवासीलाई डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार उनीहरूको साथबाट एक थान पेस्तोल र लु.६१ प.७०७२ नम्बरको १२५ सीसीको मोटरसाइकल बरामद भएको छ। पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।