भक्तपुरको सुधार गृहमा एकजनाको शंकास्पद मृत्यु, सुधार गृहका अध्यक्षसहित ५ जना पक्राउ

भक्तपुरको सुधार गृहमा एकजनाको शंकास्पद मृत्यु, सुधार गृहका अध्यक्षसहित ५ जना पक्राउ

आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • भक्तपुरको सुधार गृहमा एकजनाको शंकास्पद मृत्यु, सुधार गृहका अध्यक्षसहित ५ जना पक्राउ

    भक्तपुर  । भक्तपुरको सुर्यविनायक–१ स्थित सुधार गृहमा एकजनाको शंकास्पद मृत्यु भएको छ । सुधार केन्द्रमा रहेका सोही वडा बस्ने वर्ष ४१ को उमेश खड्गीको आइतबार बिहान मृत्यु भएको हो।

    मदिराको लत छुटाउन सुधार केन्द्रमा राखेको खड्गीकाे बारेमा आइतबार बिहान सञ्चालकले फोन गरेर घटनाबारे जानकारी गराएको परिवारका सदस्यहरूले बताएका छन् । घटनाबारे अनुसन्धान गर्न प्रहरीले सुधार केन्द्रका अध्यक्ष गौतम श्रेष्ठसहित ५ जनालाई पक्राउ गरेको छ । 

    सुधार केन्द्रमा बेहोस भएपछि खड्गीलाई मध्यपुर अस्पतालमा लगेको र त्यहाँ मृत्यु भएको सञ्चालकले प्रहरीलाई बताएका छन् । मध्यपुर अस्पतालबाट उनको शव पोष्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ । 

    घट्नाका सम्वन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सोहि घट्नालाई लिएर मृतकका आफन्तले आइतबार बिहानैदेखि सुधारगृह अघि घेराउ गरेका थिए । त्यस क्रममा भिड नियन्त्रण गर्न दिनभरि प्रहरी परिचनलन गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij