पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

    काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबिचको वैदेशिक व्यापार पनि ठप्प भएको छ ।

    तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए ।

    “नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,” उनले भने, “सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij