काठमाडौं उपत्यकामा एकैदिन ६१ हजारभन्दा बढी ग्यास सिलिन्डर वितरण

काठमाडौं उपत्यकामा एकैदिन ६१ हजारभन्दा बढी ग्यास सिलिन्डर वितरण

शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • काठमाडौं उपत्यकामा एकैदिन ६१ हजारभन्दा बढी ग्यास सिलिन्डर वितरण

    काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले एकैदिन ६१ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर वितरण गरेको जनाएको छ ।

    निगमका अनुसार शुक्रबार उपत्यकाका विभिन्न क्षेत्रमा २३ वटा ग्यास उद्योगमार्फत कुल ६१ हजार ४९ वटा सिलिन्डर बजारमा पठाइएको हो ।

    वितरण गरिएको ग्यासमध्ये कोशी ग्यासका सबैभन्दा धेरै १० हजार ७८० सिलिन्डर छन् । त्यस्तै नेपाल ग्यासका ५ हजार, बाबा ग्यासका २ हजार २४०, चण्डेश्वरीका १ हजार ५८०, एभरेस्टका २ हजार ४०१, हिमालका २ हजार ४३५, जनकका ४ हजार ४५६ र श्रीमाया ग्यासका २ हजार १९२ सिलिन्डर वितरण गरिएको निगमले जनाएको छ ।

    त्यसैगरी लुम्बिनी ग्यासका २ हजार ४० सिलिन्डर पनि बजारमा पठाइएको छ । ओम, साईबाबा, एसटिसी, श्री, श्रीराम, सिद्धार्थ, सीताश्री र सुगमलगायत अन्य उद्योगका सिलिन्डरसमेत वितरण गरिएको निगमको विवरणमा उल्लेख छ ।

    निगमले उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन उद्योगहरूबाट ठूलो परिमाणमा सिलिन्डर वितरण गरिएको जनाएको छ । यद्यपि बजारमा अझै पनि ग्यास लिन लामो समय लाइन बस्नुपर्ने अवस्था रहेको उपभोक्ताहरूको गुनासो छ ।

    उपभोक्ताले पर्याप्त मात्रामा ग्यास उपलब्ध नभएको र वितरण प्रणाली प्रभावकारी हुन नसकेको गुनासो गर्दै आएका छन् । निगमले भने बजारको मागअनुसार ग्यास आपूर्ति तथा वितरणलाई निरन्तरता दिइरहेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij