शिक्षा मन्त्रालयका ८ सहसचिवको जिम्मेवारी फेरबदल

शिक्षा मन्त्रालयका ८ सहसचिवको जिम्मेवारी फेरबदल

शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • शिक्षा मन्त्रालयका ८ सहसचिवको जिम्मेवारी फेरबदल

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रालय र मातहतका विभिन्न निकायमा कार्यरत ८ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ।

    मन्त्रालयले गरेको नयाँ जिम्मेवारी बाँडफाँडअनुसार श्रीप्रसाद भट्टराईलाई मन्त्रालयको प्रवक्तासहित योजना महाशाखाको जिम्मेवारी दिइएको छ। त्यस्तै जयराज अधिकारीलाई उच्च तथा प्राविधिक शिक्षा महाशाखा र शिवकुमार सापकोटालाई खेलकुद तथा विद्यालय शिक्षा महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ।

    नयाँ जिम्मेवारीअनुसार हरि निरौलाले चिकित्सा शिक्षा आयोगको नेतृत्व गर्नेछन्। चन्द्रकान्त भुसाललाई शैक्षिक गुणस्तर परीक्षण केन्द्र र महेन्द्र पराजुलीलाई पाठ्यक्रम विकास केन्द्रको जिम्मेवारी दिइएको छ।

    यसैगरी लक्ष्मी भट्टराई र वसन्त कोइरालालाई शिक्षा विभागको जिम्मेवारी दिइएको छ।

    मन्त्रालयले विभिन्न महाशाखा तथा मातहतका निकायको प्रशासनिक र व्यवस्थापकीय कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij