ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते

ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते

बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते

    काठमाडौं । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    बिहीबार बिहान कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा. २ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरी वृत्त सातदोबाटोका डीएसपी वकिल सिंह नेतृत्वको टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरेको थियो। घाइते १० जनालाई उपचारका लागि बीएण्डबी अस्पताल पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij