एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति तय

एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति तय

बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति तय

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक गरेको छ । 

    आइसिसी एकदिवसीय विश्वकप क्रिकेट सन् २०२७ को अक्टोबर ४ देखि नोभेम्बर २१ तारिखसम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुनेछ । यस्तै विश्वकपमा छनोट खेलभने २०२७ को फेब्रुअरी २२ देखि मार्च २३ तारिखसम्म सम्पन्न भईसक्नुपर्ने छ । 

    आइसिसीले विश्वकप छनोटको प्रक्रियामा परिवर्तन समेत गरेको छ । छनोटमा १० टोलीले भाग लिनेछन् । छनोट खेल जित्ने टोली सिधै १४ टोली सहभागि हुने मुख्य छनोटमा पुग्नेछ । 

    दोस्रोदेखि चौथोमा रहने टोलीले सुपर सिरिजको पहिलो चरण खेल्नुपर्ने प्रावधान राखिएको छ । यस चरणको शीर्ष टोली मुख्य विश्वकपको अन्तिम १२ टोलीको समूहमा पर्नेछ । 

    यस्तै छनोट प्रतियोगिता खेल्ने १० टोलीबाट वरीयताका आधारमा आइसिसीको एक दिवसीय वरीवतामा रहेका दुई पूर्ण सदस्य दक्षिण अफ्रिका र जिम्बाबे बाहेक, आइसिसी लिग–२ बाट छानिएका चार टोली र प्लेअफबाट आउने चार टोलीले विश्वकपमा स्थान बनाउनेछन् । 

    नेपालको सम्भावना के छ ?

    नेपाल हाल सीडब्ल्यूसी लिग २ मा खेलिरहेको छ । हालसम्मको प्वाइन्ट टेबलअनुसार नेपाल छैटौँ स्थानमा छ ९३२ खेलबाट ११ जित, २४ अङ्क०। शीर्ष चार टिमले सिधै विश्वकप छनोट प्रतियोगितामा स्थान पाउँछन् । हालको अवस्थामा नेपाल शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

    नेदरल्यान्ड्सको भ्रमणमा भएका हारपछि नेपाल निश्चित रूपमा लिग २ का तल्लो चारमा पर्नेछ । यस अवस्थामा नेपालले विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट शीर्ष चारमा परेमा मात्र नेपाल फेब्रुअरी(मार्च २०२७ मा हुने १० टिमको मुख्य छनोट प्रतियोगितामा पुग्न सक्छ । त्यहाँबाट राम्रो प्रदर्शन गरेर विश्वकपसम्मको यात्रा जारी राख्न सकिन्छ ।

    अहिलेको अवस्थामा नेपालले बाँकी खेलहरूमा राम्रो नतिजा निकालेर प्लेअफमा बलियो स्थिति बनाउनु र त्यहाँबाट छनोट प्रतियोगितासम्म पुग्नु नै मुख्य लक्ष्य हुनेछ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij