पुससम्म बक्यौता महशुल तिर्ने नेपाल टेलिकमका ग्राहकलाई जरिवाना छुट

पुससम्म बक्यौता महशुल तिर्ने नेपाल टेलिकमका ग्राहकलाई जरिवाना छुट

बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • पुससम्म बक्यौता महशुल तिर्ने नेपाल टेलिकमका ग्राहकलाई जरिवाना छुट

    काठमाडौं । नेपाल टेलिकमले कम्पनीका विभिन्न सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महशुल बक्यौता रहेका ग्राहकका लागि जरिवाना छुटको व्यवस्था गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम २०८३ साल पुस मसान्तभित्र भुक्तानी गर्ने ग्राहकलाई उक्त रकममा लाग्ने जरिवाना छुट प्रदान गरिने जनाएको हो ।

    टेलिकमले यस सुविधाको लाभ लिन सम्बन्धित ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको छ ।

    कम्पनीका अनुसार तोकिएको अवधिसम्म पनि बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकको नामावली कम्पनीको वेबसाइट तथा राष्ट्रिय पत्रपत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी कानुनी असुली प्रक्रिया अघि बढाइनेछ ।

    नेपाल टेलिकमले विभिन्न प्रकारका दूरसञ्चार सेवा प्रयोग गरे पनि महशुल भुक्तानी नगरेका ग्राहकलाई लक्षित गर्दै यो छुट योजना ल्याइएको जनाएको छ । यस व्यवस्थाबाट ग्राहकले जरिवाना छुटको लाभ लिन सक्ने तथा कम्पनीको बाँकी बक्यौता रकम पनि प्रभावकारी रूपमा असुल हुने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij