काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेपछि आन्तरिक हवाई उडानमा लागू हुने नयाँ भाडादर सार्वजनिक गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै साउन १९ देखि लागू हुने गरी विभिन्न आन्तरिक हवाई गन्तव्यका लागि नयाँ हवाइ भाडादर कार्यान्वयन गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो।