बालबालिकाका तस्बिर सामाजिक सञ्जालबाट तत्काल हटाउन निर्देशन

बालबालिकाका तस्बिर सामाजिक सञ्जालबाट तत्काल हटाउन निर्देशन

मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • बालबालिकाका तस्बिर सामाजिक सञ्जालबाट तत्काल हटाउन निर्देशन

    काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले काठमाडौँ महानगरपालिका–२६ स्थित मानव सेवा आश्रमलाई संरक्षणमा रहेका बालबालिकाको पहिचान खुल्ने गरी तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन नगर्न र यसअघि सार्वजनिक गरिएका त्यस्ता सामग्री तत्काल हटाउन निर्देशन दिएको छ।

    परिषद्ले आश्रमलाई पत्राचार गर्दै बालगृहको संरक्षणमा रहेका बालबालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बालबालिकाको गोपनीयता, सुरक्षा र सर्वोत्तम हितको संरक्षण सुनिश्चित गर्न उक्त निर्देशन जारी गरिएको परिषद्ले स्पष्ट पारेको छ।

    बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ को मापदण्ड ९ ९१३० बमोजिम बालबालिकाको गोपनीयता र आत्मसम्मानको संरक्षणका लागि उनीहरूको पहिचान खुल्ने गरी तस्वीर वा भिडियो प्रकाशन गर्न नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ।

    पहिचान खुल्ने सामग्री सार्वजनिक हुँदा बालबालिकाको गोपनीयता, सुरक्षा, आत्मसम्मान तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन प्रतिकूल असर पर्न सक्ने भन्दै परिषद्ले प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको हो।

    साथै परिषद्ले बाल संरक्षणसम्बन्धी सम्पूर्ण निकाय, बालगृह तथा सरोकारवालालाई बालबालिकाको मर्यादा, सुरक्षा र सर्वोत्तम हितलाई केन्द्रमा राखी कानुनी मापदण्डको पूर्ण कार्यान्वयन गर्न आग्रहसमेत गरेको छ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij