गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ

गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ

मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ

    काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तामाङले भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक–पटक दुख हैरानी दिइ घुस माग गरिरहेको भन्ने निवेदनको आधारमा आयोगले सेवाग्रहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको छ ।

    काठमाडौँ महानगरपालिका वडा नं १६, बालाजुबाट पक्राउ गरी विशेष अदालतको आदेशबाट भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भइ अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij