भक्तपुर अस्पतालको आईसीयूमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा एक महिला पक्राउ

भक्तपुर अस्पतालको आईसीयूमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा एक महिला पक्राउ

मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • भक्तपुर अस्पतालको आईसीयूमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा एक महिला पक्राउ

    भक्तपुर । भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ निवासी ३४ वर्षीया जानकी तामाङ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रहरीका अनुसार साउन १३ गते भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा भएको तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा तामाङलाई नियन्त्रणमा लिइएको हो । उनीविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपककुमार कार्कीले जानकारी दिए ।

    प्रहरीको अनुसार साउन १८ गते जिल्ला अदालत भक्तपुरबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ । अदालतको अनुमति पश्चात घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले प्रेस विज्ञप्तीमार्फत् जानकारी गराएको छ । स्वास्थ्य संस्थामा भएको तोडफोड तथा स्वास्थ्यकर्मीमाथि आक्रमणको घटनाबारे थप तथ्य संकलन र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij