आन्दोलन घोषणा गरेकै रात दुर्गा प्रसाईं पक्राउ

आन्दोलन घोषणा गरेकै रात दुर्गा प्रसाईं पक्राउ

सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • आन्दोलन घोषणा गरेकै रात दुर्गा प्रसाईं पक्राउ

    भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले प्रसाईंलाई आइतबार राति पक्राउ गरेको हो । 

    उनलाई भक्तपुर पुरानाे थिमिस्थित निवासबाटै पक्राउ गरिएको बताइएको छ । उनी विभिन्न आरोपमा यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका थिए  । भक्तपुरका प्रहरी प्रमुख एसपी सुर्य खड्का नेतृत्वको प्रहरी टोली प्रसाईंलाई पक्राउ गरेकाे जनाइएको छ । 

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij