धनुषामा सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइने

धनुषामा सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइने

आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • धनुषामा सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइने

    काठमाडौं । धनुषा जिल्लामा जारी निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार साँझ सूचना जारी गर्दै शनिबार बिहान १० बजेदेखि लागू गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाउने निर्णय गरिएको जनाएको हो।

    प्रशासनका अनुसार आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख रहेको तथा जनजीवन सामान्य अवस्थामा फर्किन थालेको निष्कर्षका आधारमा निषेधाज्ञा हटाउने निर्णय गरिएको हो।

    जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि निषेधाज्ञा हटाउने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ।

    यसअघि जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन शनिबार बिहानदेखि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा हटाइएपछि सोमबार बिहानदेखि जिल्लामा आवतजावत र दैनिक गतिविधि सामान्य रूपमा सञ्चालन हुने अपेक्षा गरिएको प्रशासनले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij