प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछी.....

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछी.....

आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछी.....

    काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि एक युवालाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो ।

    जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार, गएराति पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij