उच्च अदालत पाटनद्वारा ११ हजार ४६८ मुद्दा फर्छ्यौट

उच्च अदालत पाटनद्वारा ११ हजार ४६८ मुद्दा फर्छ्यौट

सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • उच्च अदालत पाटनद्वारा ११ हजार ४६८ मुद्दा फर्छ्यौट

    काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फर्छ्योट गरेको छ । अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फर्छ्योट भएको हो । न्यायालयले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ । त्यस्तै, एक वर्ष नाघेका ३५३ रहेका छन् ।

    मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार १८ वर्षमुनिका मुद्दा शून्यमा झार्न सफल भएको जिकिर गरे । “विकास निर्माण र राजस्व असुलीका मुद्दालाई विशेष प्राथमिकता दिएका छौँ”, उनले भने । ”उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ७४० थान मुद्दा फर्छ्योट गरेको र एक वर्ष नाघेका थुनुवा मुद्दा १२ थान बाँकी रहेको जनाएको छ ।

    मातहतका जिल्लामा सिन्धुपाल्चोकले ७७.४, रसुवाले ७५.६ र जिल्ला अदालत काठमाडौँले सबैभन्दा कम ४२.३ प्रतिशत मुद्दा फर्छ्योट गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij