भक्तपुर । लायन्सका डिष्ट्रिक गभर्नर (डिजी), भाईस डिष्ट्रिक गभर्नर (भिडिजी) र पास्ट डिष्ट्रिक गभर्नर (पिडिजी) हरु सम्मानित भएका छन् । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एच अन्तर्गतका ११ क्लवले एक कार्यक्रमको आयोजना गरी लायन्सका विभिन्न पदाधिकारीलाई सम्मान गरेको हो । लायन्स ब्लब अफ भक्तपुर निलकण्ठेश्वरका चार्टर प्रिसिडेन्ट कृष्ण कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रम डिस्ट्रिक गभर्नर शम्भु बहादुर थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा डिष्ट्रिक क्याविनेट (भ्याली) चिफ एरिया कोअर्डिनेटर तथा लायन्स क्लव अफ भक्तपुर मेरिगोल्डका चार्टर प्रिसिडेन्ट उद्धव सिलवाल र पिएमजेएफ भवानी केसी सिलवालले डिजी, भिडिजी र पिडिजीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मानित गरेका थिए । सम्मानीत हुनेहरुमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एच डिजी शम्भुबहादुर थापा र प्रथम महिला शंकरदेबी थापा, मल्टिपल वमेन एण्ड फेमली कोअर्डिनेटर तथा पिडिजी शोभा जोशी, आईपिडिजी दिनेश प्रसाद श्रेष्ठ रहेका छन् । त्यस्तै, प्रथम भिडिजी विमल कुमार होडा, दोस्रो भिडिजी रविन्द्र बहादुर प्रधान, पुर्व मल्टिपल काउन्सिल चियरपर्सन (पिएमसीसी) पंकज प्रधान समेत सम्मानीत भएका थिए । त्यसैगरी पिएमसीसी भरत प्रसाद ढुंगेल, पिडिजी शिवराम प्रधान, पिडिजी डा। ज्योती शेरचन र लायन्स क्लव अफ काठमाडौं बागमतीका पिडिजी राम श्रेष्ठ पनि सम्मानित भएको लायन्स क्लव अफ भक्तपुर मेरिगोल्डका चार्टर प्रिसिडेन्ट उद्धव सिलवालले बताए ।

सम्मान कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एचको सेकेण्ड कन्भेन्सनका कन्भेनर जोन चियरपर्सन सुरेन्द्र व्यञ्जनकारले मन्तब्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्कृष्ट सामाजिक कार्य गरेर देखाउनु नै लायन्स क्लबका सदस्यहरुको पहिलो लक्ष्य हुनुपर्ने बताए ।

कार्यक्रममा डिष्ट्रिक क्याविनेट (भ्याली) चिफ एरिया कोअर्डिनेटर तथा लायन्स क्लव अफ भक्तपुर मेरिगोल्डका चार्टर प्रिसिडेन्ट उद्धव सिलवालले सामाजिक कार्य नै लायन्स क्लबको प्रमुख कार्य रहेको बताए । भक्तपुर ऐतिहासिक, धार्मिक, सांस्कृतिक साथै पर्यटकीय स्थलको रुपमा धनी रहेको बताउँदै सिलवालले लायन्स क्लवले सम्पदाको प्रचार प्रसारका अलावा सामाजिक क्षेत्रमा समेत उल्लेख्य काम गरिरहेको जानकारी दिए ।