भक्तपुर । महाशिवरात्रीका अवसरमा केदारनाथको शिर डोलेश्वर, पशुुपतिनाथ, हलेसी महादेव लगायत मुलुकका सबै शिवालयमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा बिहान दुुई वजेदेखिनै भक्तजनको भिड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए ।
अध्यक्ष बस्नेतका अनुसार, बिहान चार वजेदेखि नै मन्दिरका चारै ढोका खोलेर दर्शन गराउने व्यवस्था मिलाइएको छ । अन्यदिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रिका दिन भने दर्शनार्थीले डोलेश्वर मन्दिरभित्रै प्रवेश गरी पूजाअर्चना गर्न पाउने व्यवस्था गरिएको सुुर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुुष्पराज बस्नेतले बताए ।

डोलेश्वरमा आउँने भक्तजनको स्वास्थ्यलाई ध्यानमा राख्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालको संयोजनमा स्वास्थ्य शिविरसमेत आयोजना गरिएको छ । महाशिवरात्रीमा पशुुपतिनाथमा करिव २० लाखले दर्शन गर्ने अनुुमान गरिएको छ ।
पशुुपतिनाथमा आउँने भक्तजनको शुुरक्षाका लागि चार हजारबढी शुुरक्षाकर्मी परिचालन गरिएको छ । भक्तजनको सुविधालाई मध्यनजरगर्दै पशुुपति गौशाला एरियामा सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।