मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या भएको छ ।
हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको बताउँदै प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले आइतबार भएको भारी हिमपातपछि सो क्षेत्रमा हिमपहिरो आएको बताए ।
हिमपहिरोले पर्यटकीय क्षेत्र मनाङ घुम्न आएका पर्यटक अलपत्र परेका छन् । यहाँ दैनिक ५० देखि ६० बिदेशी पर्यटक आउँने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए।