काठमाडौं । मुक्तिनाथ दर्शनका लागि आएका एक भारतीय पर्यटकको लेक लागेर मृत्यु भएको छ । भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।
सोमबार बिहान साढे ९ बजेतिर वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका पटेल लेक लागेर बिरामी परेका थिए । उपचारका लागि जिल्ला सदरमुकाम जोमसोम स्थित अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा शनिबारदेखि प्रतिकुल मौसम र हिमपात भएको थियो । हिमपातपछि सो क्षेत्रमा चिसो समेत अध्यधिक बढेको थियो । प्रहरीले घटना बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।