शरदमा हिमाल आरोहणका लागि ८७० जनाले लिए अनुमति

शरदमा हिमाल आरोहणका लागि ८७० जनाले लिए अनुमति

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • शरदमा हिमाल आरोहणका लागि ८७० जनाले लिए अनुमति

    काठमाडौं । शरद् ऋतुमा हिमाल चढ्नका लागि ८७० जना पर्वतारोहीहरुले अनुमति लिएका छन् । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ३७ वटा हिमाल आरोहणका लागि १११ टोलीले अनुमति लिएका हुन् । 

    अनुमति लिनेमध्ये ६६८ जना पुरुष र २०२ जना महिला रहेको विभागको तथ्यांकमा जनाइएको छ । 

    यस शरदमा मनास्लु हिमालको आरोहणका लागि सर्वाधिक ३०८ जनाले अनुमति लिएका छन् । त्यसमध्ये, २२६ जना पुरुष र ८२ जना महिला रहेको विभागले जनाएको छ । आमा दब्लमको आरोहणका लागि १४ टोलीमा ३३ महिलासहित १५८ जनाले अनुमति लिएका छन् । त्यस्तै, हिम्लुङ हिमाल आरोहणका लागि ९१ पुरुष र ३३ महिला गरी १२४ जनाले अनुमति लिएका छन् । 

    हिमाल आरोहण गर्नेहरुबाट ६ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसमध्ये मनास्लु हिमालका आरोहीबाट सर्वाधिक ३ करोड ७१ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij